कैलाली,
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । घोडाघोडी स्पोर्ट्स क्लब क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिका ३ का अध्यक्ष कृष्ण गौतमले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले वडा नम्बर ३ लाई खेलकुदको नमुना वडा बनाउन पहल गर्ने योजना रहेको उल्लेख गर्दै समुदायलाई यसमा साथ दिन आग्रह गरे ।
स्वरुप चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरू बिष्ना चौधरी, रमेश चौधरी, राधा परियार,सरस्वती आ. बि. प्र अ भवनी प्रसाद गौतम, अस्थाई प्रहरी पोस्ट हरिनगरको इन्चार्ज राजेश चौधरी , निरज सिहं,बहादुर खत्री भलमन्सा, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सरस्वती आ बिका प्र अ भवनी प्रसाद गौतमले संचालन गर्नु भएको थियो
प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको छ । विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले नगद २५ हजार रुपैयाँ र ट्रफी जित्नेछ ।
स्थानीय खेलकुदलाई प्रोत्साहन गर्न र खेलाडीहरूको क्षमता उजागर गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी