ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • धनगढीको एक खाद्य स्टोरमा आगलागी, झन्डै ६ करोडको क्षति

    धनगढीको एक खाद्य स्टोरमा आगलागी, झन्डै ६ करोडको क्षति

    Share

     कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगो लागेको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) को पिपि ट्रेडर्समा आगो लागेको हो। 

    कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर  आगो लागेको कैलाली प्रहरीले बताएको छ। आगलागीबाट गोदाममा रहेका  चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका  सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ। स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टले बताएका सुरक्षा निकायहरुले दिनेशखबरलाई बताएका छन्।

    धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र (दकमल), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री