ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

    धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

    Share

    कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

    त्यस्तै धनगढी उपमहानगरपालिका–८ बुद्धचोकका २० वर्षीय उमेश घलेलाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। १ ग्राम लागुऔषधसहित मंगलबार दिउँसो घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री