ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस

    नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस
    Spread the love

    धनगढी, पुस १० गते। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस पहिलो पटक देखा परेका छन्।

    सो सिमसारमा दुई वटा लक्ष्मण सारस देखिएका हुन। नकैया सिमसार क्षेत्रमा लक्ष्मण सारस पहिलो पटक अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) मा कार्यरत हिरुलाल डङ्गौराले जानकारी दिनुभयो।

    शुक्लाफाँटा नेचर गाइड एसाेसिएसनका सुवन चौधरी र आफूले कञ्चनपुरमा पहिलो पटक लक्ष्मण सारस रेकर्ड गरेको उहाँको भनाइ छ।

    नेपालमा सारस (सारस क्रेन), कालो टाउके, लक्ष्मण र कर्‍याङकुरुङ गरी चार प्रजातिका सारस पाइने गरेका छन्। जसमध्ये लक्ष्मण सारस हिउँदे आगन्तुक चरा हुन। उत्तरी ध्रुवमा हिमपात भएपछि उपयुक्त बासस्थान र आहाराको खोजीमा यो प्रजातिको चरा नेपाल पुग्ने गरेको जनाइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी