ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार

    नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार
    Spread the love

    धनगढी, मङ्सिर २४ गते । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।  चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगर प्रमुख हमालको अब अपरेसन गर्नु पर्दैन । तर, उहाँलाई अझ केही समय निगरानीमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।

    शुक्रबारदेखि स्वास्थ्य समस्या भएका नगर प्रमुख हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । उहाँलाई न्युरो इन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखिएको छ ।

    हमाललाई मस्तिष्क घात भएको धनगढीमा चिकित्सकले बताएपछि उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । नगर प्रमुख हमाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट अत्यधिक मतका साथ निर्वाचित हुनु भएको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी