ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”
    Spread the love

    २३ मंसिर-सुखड,कैलाली -नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर बमको अध्यक्षता भएको एकाइगत साधारण सभामा कैलाली क्षेत्र नः ३ (ख) का प्रतिनिधी सभा सदस्य माननीय खुसीराम चौधरीको प्रमुख आतिथ्यता थियो । यस्तै विशिष्ट अतिथीमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत रहनु भएको थियो । अतिथिहरुमा घोडाघोडी नगरपालिका पूर्वनगर प्रमुख ममता प्रसाद चौधरी,घोडाघोडी उद्योग वाणिज्य संघ मा अध्यक्ष दुर्गादत्त जैशी लगाएको उपस्थिती रहेको थियो ।

    सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सहकारी क्षेत्रको विकास र मर्ज प्रक्रियाको प्रभावकारितामा जोड दिनुभयो। उहाँले सहकारीहरूको मर्जले संस्थागत बलियोपन, प्रभावकारी सेवा प्रवाह, र आर्थिक गतिविधिमा पारदर्शिता वृद्धि हुने बताउनुभयो।

    विशिष्ट अतिथिका रूपमा बोल्दै घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले वर्तमान अवस्थालाई सकारात्मक र चुनौतीपूर्ण दुवै ठहर गर्दै प्राकृतिक स्रोतको संरक्षण, सहकारी संस्थाको सुदृढीकरण, र स्थानीय विकासमार्फत आर्थिक सशक्तिकरणमा जोड दिनुभयो। जनसहभागिता र पारदर्शिता अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।


    सभालाई सम्वोधन गर्दै माननीय खुसीराम चौधरीले प्रमुख अतिथिको रुपमा सहकारीको महत्त्वमाथि प्रकाश पार्दै सहकारी संस्था स्थानीय आर्थिक समृद्धिका लागि आधारस्तम्भ भएको उल्लेख गरे। उनले सहकारीले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउन, रोजगार सिर्जना गर्न, र आर्थिक क्रियाकलापमा पारदर्शिता ल्याउन सहयोग गर्ने बताए। साथै, सहकारीको सफलताका लागि इमानदारी, एकता, र सहभागिता आवश्यक रहेकोमा जोड दिँदै सदस्यहरूलाई सहकारीका नियम र विधि पालना गर्न आग्रह गरे।

    संस्थाका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपैयाँ रहेको बताए ।
    यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपैयाँ लगानी, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित रहेको बताए । सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।


    सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले बचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।
    सभामा सुखड शाखाबाट ऋणलिइ असल करोबर गर्ने ऋणीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा घोडाघोडी नगरपालिका–२ साँडेपानी कैलालीका बुधराम डगौंरा घोडाघोडी नगरपालिका–४ माघी कैलालीका रामपति देवी चौधरी, घोडाघोडी नगरपालिका–४ भालुभफाँटा कैलालीका भैरव बहादुर रावतलाई सम्मान गरिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी