फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए । वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो ।
सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ समेत आउने तय भइसकेको छ । ‘नाइँ नभन्नु ल ६’ आउने भएपछि ‘प्रसाद २’ सँग यसको बक्स अफिस प्रतिस्पर्धा हुनेछ । पाटन उच्च अदालतको आदेशपछि चैत २४ गते आउने तयारीमा रहेको ‘प्रसाद २’ रोकिएको थियो ।
वैशाख ८ गते सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’, वैशाख २१ मा ‘ज्याकी : आईएम ट्वान्टी वान’ प्रदर्शन हुनेछन् । वैशाख २९ मा अहिलेसम्म कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी