ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • नेकपा एस धनगढीको अध्यक्षमा दीपक सिंह निर्वाचीत

    नेकपा एस धनगढीको अध्यक्षमा दीपक सिंह निर्वाचीत

    Share

     नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटीको अध्यक्षमा दीपक सिंह निर्वाचीत भएका छन्।
    शनिबार चटकपुर स्थित पार्टी कार्यालयमा भएको दोश्रो अधिवेशनले सींहको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरेको हो। अधिवेशनबाट गोमा भट्टराई, छत्र रावल उपाध्यक्ष, सचिवमा एकम छेडाल, उप–सचिवमा ध्रुव बराल, ममता वि क  र श्याम खत्री सर्वसम्मत निर्वाचित भएका छन्।


    पार्टीका पोलीटव्यूरो सदस्य हनुमान चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम केन्द्रीय सदस्य कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, जिल्ला अध्यक्ष विमल जोशी, जिल्ला उपसचिव दीर्घ जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। नगरकमिटी अध्यक्ष बावुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धनबहादुर खड्काले गरेका थिए। अध्यक्षमा निर्वाचित अध्यक्ष सिंह युवाहरुमाँझ लोकप्रीय छन्। सो पार्टीको पालिका कमिटीको पहिलो अधिवेशन धनगढी बाट शुरुभएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री