ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • नेपाल इन्जिनियर्स एशोसएिसन बाग्मती प्रदेशको तेस्रो चुनावी भेला बालाजुमा सम्पन्

    नेपाल इन्जिनियर्स एशोसएिसन बाग्मती प्रदेशको तेस्रो चुनावी भेला बालाजुमा सम्पन्
    Spread the love

    तिर्थ नेपाली
    काठामाण्डौ
    नेपाल इन्जिनियर्स ३४ औ केन्द्रीय र तेस्रो बाग्मती प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समुहको आयोजनामा काठमाण्डौ महानरगपालिका १६ स्थित बालाजु स्कुल अफ इन्जिनिरिङ्ग एण्ड टेक्नोलोजीमा आज बृहत इन्जिनियर्स भेला तथा चुनावी प्रचार प्रसार कार्यकम सम्पन्न भएको छ ।
    नेपाल इन्जिनियर्सको सवलीकरण , इन्जिनियरहरुको क्षमता अभिवृद्धी तथा ,सहकार्य एकता तथा गुणस्तर सहितको सामाजिक आर्दश निर्माण व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुको पेशागत हकहित र सुरक्षा स्थापनाकाल देखि नै कृयाशील र व्यावसायिक स्वतन्त्रताको पैरवी भन्ने मान्यता अनुरुप नेपाल इन्जिनियर्स ३४ औ कार्यकारिणी तथा तेस्रो प्रादेशिक निवार्चनमा होमिएको केन्द्रका अध्ययक्ष पदका उम्मेदवार इन्जिनियर सुवास चन्द्र बरालले कार्यक्रममा बताउनु भयो ।

    तेस्तै बाग्मती प्रदेश सभापति पदका उम्मेवार इन्जिनियर बलराम पुडासैनी ले आफना प्रतिबद्धता पत्रमा भएका विषयहरु पुरा गर्ने बाचा गदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीभीटीमा खस्कदै गरेको विध्यार्थीको संख्या र प्राविधिक जनशक्ति लाई स्वदेशमा रोजगारीको विकास गर्न आफुले कुनै कसुर बाँकी नराख्ने जिकिर गर्नु भएको छ ।
    कर्मचारी संघका केन्द्रीय सदस्य पारस पाठकले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि बालाजु स्कुलका शिक्षालय प्रमुख खुशीराम अधिकारी रहनु भएको थियो ।

    उहाँले इञ्जिनियरिङ्ग शिक्षा, इञ्जिनियरहरूको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इञ्जिनियरहरूको सम्मानजनक रोजगारी एवं नवप्रवर्तन प्रवर्धन, इञ्जिनियरिङ्ग सम्बद्ध निजी क्षेत्रको विकास, इञ्जिनियरहरूको हक-हितको संरक्षण, इञ्जिनियरिङ्ग पेशा र समाजबीच मर्यादित सम्बन्ध मुख्य चासोको विषय हो ।

    यस्ता बृहत्तर उद्देश्यहरूमा अन्तरनिहित रही देशको आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउन क्रियाशील इन्जिनियरिङ्ग समुदायको खाँचो रहेको छ । विकास र समृद्धिको माध्यमबाट तीव्र आर्थिक विकासको चाहनालाई पूरा गर्नका लागि सम्पूणर् इन्जिनियर/आर्किटेक्टहरूको पेशागत मर्यादा र विश्वासलाई उच्च राख्न सक्नु नै आजको आवश्यकता रहेको बताउँदै ई बरालको प्यानललाई जीतको अग्रिम सुभकामना व्यक्त गरेका हुन् ।

    तेस्तै कर्मचारी संघ बालाजु इकाईका सचिव विशाल पौडेले स्वागत मन्तव्य राख्दै ने इ ए प्रतिको आस्थालाई वृद्धी गर्न यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी भौगोलकि तथा लैङ्गकि रूपमा समावेशी तथा समानुपातकि प्रतनिधित्वि सहितको अभिावकीय संगठनका उम्मेवारहरुलाई विजय गराउन अपिल गरे ।

    उक्त कार्यक्रमका सभापति नरकान्त सापकोटा विशिष्ट अतिथि पालुङ्टार पुर्व मेयर ई दिपक बाबु कडेलले सुभकामना मन्तव्य व्यक्त गदै आजको बदँलिदो परिवेशमा हरेका क्षेत्रमा देश विकासको मेरुदण्डको रुपमा रहेका जोश जागरले भरिपुणर् युवा पुस्ताले प्राविधिक शिक्षाको भरपुर प्रयोग गरी देशलाई समुन्नतिको मार्गमा डोर्याउने कुरा औल्याउदै इन्जिनियर सुवास चन्द्र बरालको सिङ्गो प्यानलाई विजय गराउन अनुरोध गनु भएको थियो ।

    इन्जिनियर/आर्किटेक्टहरूको छाता संगठनको रूपमा झण्डै ६२ वर्षअघि (वि.सं. २०१९ मा) स्थापित नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समितिको निर्वाचन आउँदो भदौ २८ गते रहेको छ ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247