सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर दोस्रो ब्याचका विद्यार्थीहरुलाई नेविसंघ ईकाई कमिटीले आज एक समारोहबिच विदाई कार्यक्रमको आयोजना गरेको छ ।
ईकाई कमिटी अध्यक्ष बसन्त बोहराको अध्यक्षतामा भएको विदाई कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य केशरी रावल बिष्ट रहेकी थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले आफ्नो योग्यताका माध्यमबाट स्वदेशलाई सम्वृद्ध बनाउने कार्यमा संलग्न हुन आग्रह गरिन ।
उनले प्राविधिक जनशक्ति उत्पादन भएपनि स्वदेशमै त्यसको सदुपयोग हुन नसक्नु दुर्भाग्य भएको बताउँदै राज्यले दक्ष जनशक्तिलाई विदेशीनबाट रोक्नुपर्ने बताईन । उनले राजनीतिक अस्थितरताले युवाहरु विदेशीन वाध्य भएको बताईन ।
उनले इजरायलमा ज्यान गुमाएका स्कुल अफ एग्रिकल्चरका पहिलो ब्याचका विद्यार्थी प्रति शोक व्यक्त गर्दै बेपत्ता बिपिन जोशीको खोजीका लागि सरकारसँग आग्रह गरिन ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले दक्ष जनशक्तिको रुपमा किसानको सारथि बनेर कृषिको व्यवशायीकरणमा योगदान पुर्याउन आग्रह गरे । उनले राजनीति भन्दा बढी आफ्नो अध्ययनलाई महत्व दिनुपर्नेमा जोड दिए ।
उनले टीकापुर प्राविधिक शिक्षाको हब बन्दै गैरहेको बताउँदै केही समय भित्रै टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापनाको घोषणा हुने तयारी भैरहेको बताए । उनले त्यसका लागि पार्टीका तर्फबाट दवाव दिने काम गरिरहेको जानकारी दिए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले टीकापुर बसाईका क्रममा भोगेका तिता कुरा बिर्सेर जान आग्रह गरे । उनले टीकापुर प्रतिको सकारात्मक सन्देश बोकेर जान समेत आग्रह गरे ।
सोही कार्यक्रममा अतिथि रहेका नेविसंघ कैलालीका सभापति मनिष कुँवरले युवाहरुले समाजलाई सकारात्मक बाटोमा डोर्याउन सक्ने भएकाले त्यसको अगुवाई गर्न आग्रह गरेका छन । उनले हरेक नेविसंघको नेता कार्यकर्ताले समाजमा सकारात्मक पहिचान बनाउनुपर्ने बताए ।
सभापति ले कार्यक्रम समापन गर्दै आफ्नो कुराहरु राख्नुभयो
नेपाल बिधार्थी नेपाल बिधार्थी संघ यस संकायकै बिधार्थि हक हित, संस्कार र संस्कृती का लागी पहिलो संहठन हो। पहिलो संगठन बनाउन तपाइहरुले खेलेको भुमिका लगाव र संघर्ष को सधै हामि अच्च सम्मान गर्दछौ र गरिरहने छौ। यस परिवार माथी तपाइले राख्नुभएको आशा हामि कहिले तल झर्न दिने छैनौ। यस बिश्वविधालय संकायले अध्ययन, अनुसन्धान र विविध क्रियाकलापहरूमा बिताएका यी समयहरूले तपाईंहरूलाई केवल शैक्षिक मात्र नभई व्यक्तिगत, व्यावसायिक, र सामाजिक जीवनमा पनि धेरै परिवर्तन ल्याएका छन् भन्ने विश्वास छ।
तपाईँहरू यहाँ प्रवेश गर्दा जुन उर्जाशील, उत्साही, र सपनाहरूले भरिएका थिए, आज तपाईँहरू यहाँबाट एक जिम्मेवार, परिपक्व, र कुशल व्यक्तित्वका रूपमा जादै हुनुहुन्छ। तपाइहरेको यस नेपाल बिधार्थि संघ प्रतिको माया उत्साह लगाव हामि सदा सम्झिरहने छौ। सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले तपाईँहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको आभास भएको छ। यस संस्थाले तपाईंहरूलाई केवल किताबका ज्ञान मात्र नभई व्यावहारिक ज्ञान, अनुसन्धान क्षमताहरू, र सामाजिक जिम्मेवारीहरूको महत्त्व पनि सिकाएको छ। तपाईँहरूका हरेक सफलताहरूमा तपाईँहरूको कडा परिश्रम, समर्पण, र इच्छाशक्ति रहेको छ। यहाँका प्रशिक्षण तथा विविध कार्यक्रमहरूले तपाईँहरूलाई उत्कृष्ट कृषि वैज्ञानिक, उद्यमी, र समाजसेवीका रूपमा विकास गरेको छ भन्ने बिस्बास राखेको छु। तपाईँहरू अब कृषि क्षेत्रको विभिन्न चुनौतिहरूलाई सामना गर्न तयार हुनुपर्छ। तपाईँहरूको सफलतामा हामी सबैले गर्व गर्ने वातावरण सिर्जना गर्न तपाइहरु तयार हुनुपर्दछ। तपाईंहरूले यहाँबाट सिकेका ज्ञान र सीपहरूलाई उपयोग गर्दै, तपाईँहरू समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम हुनुहुनेछ भन्ने बिश्वास लिएको छु। कृषि क्षेत्रको विकास, नवप्रवर्तन, र वातावरण संरक्षणमा तपाईँहरूको योगदान महत्वपूर्ण हुनेछ। तपाईहरुको विदाईमा हामीले केही भावनात्मक क्षणहरू पनि महसुस गरेका छौं।
तपाईंहरूका स्मृतिहरू, मित्रता, माया र अनुभवहरूलाई हामी सधैं सम्झिरहनेछौं। यहाँका प्राध्यापकहरूको मार्गदर्शन, तपाइका सहपाठीहरूको सहयोग, र विविध कार्यक्रमहरूको अनुभवले तपाईंहरूलाई जीवनभर सम्झाउँ छ होला। तपाइहरुको विदाईले तपाईँहरूको नयाँ यात्रा सुरु गर्ने संकेत गरेको हो। अब तपाईँहरू विभिन्न ठाउँहरूमा फैलनु हुनेछ, विभिन्न क्षेत्रमा काम गर्नु हुनेछ, र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हुनेछ भन्ने बिस्बास राखेको छु। म तपाईँहरूको भविष्यको यात्रा सफल र सुखद होस् भन्ने कामना गर्दछु। तपाईंहरूले जीवनमा नयाँ अवसरहरूलाई आत्मसात् गर्दै, आफ्ना सपनाहरूलाई पूरा गर्दै, र समाजमा सकारात्मक प्रभाव पार्न सफल हुनुहुनेछ भन्ने विश्वास छ।
अन्त्यमा, म तपाईँहरूलाई यही भन्न चाहन्छु कि यो विदाई भनेको अन्त्य होइन, यो नयाँ सुरुवात हो। तपाईँहरू जहाँ जानुहुन्छ, जुन काम गर्नुहुन्छ, सधैं इमान्दारी, परिश्रम, र समर्पणका साथ अघि बढ्नुहोला तपाइ संग जोडिएको नेपाल बिधार्थिसंघ परिवार समाज बिश्वबिधालय को नाम रोसन गर्ने जिम्मेवारी तपाइको काँदमा आएको छ उक्त जिम्मेवारी सफलताका साथ बहन गर्नुहुनेछ भन्ने बिश्वास गरेको छु। नेपाल बि शंघ सुदुरपश्चिम विश्वविद्यालय, स्कुल अफ एग्रिकल्चरका इकाइ कमिटी र म मेरो व्यकतिगत तर्फबाट म तपाईँहरूलाई सफल र फलदाइ भविष्यका लागि शुभकामना दिन चाहन्छु। आगामी दिनमा पनि तपाईहरुको संगठन प्रति को समर्पण , लगाव, माया र उत्साहपूर्वक सहभागिताका लागि हार्दिक अपिल गर्दछु।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी