स्कुटरसहित सेती लोकमार्गको कालिमाटी खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । साँफेबगर नगरपालिका–१ वैद्यनाथ निवासी अन्दाजी ५० वर्षीय गणेशनाथ योगी मृत अवस्थामा बुधबार बिहान फेला पर्नुभएको हो ।
स्कुटरसहित सडकभन्दा तल खसेको अवस्थामा देखिएको बताइएको छ । धनगढीमा रहेका आफन्तले आफूहरू घटनास्थल नपुग्दासम्म शव नउठाने भनेपछि शव घटनास्थलमै रहेको स्थानीय तपेन्द्र कुँवरले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धानको काम अघि बढाएको अछाम प्रहरीले जानकारी दिएको छ ।
योगी वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका सदस्य हुनुहुन्थ्यो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी