ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढी आउँदै

    पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढी आउँदै
    Spread the love

     पूर्व राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन्। भ्रमणको दौरान धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।

    पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए। पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने जोशीले बताए।

    नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए। जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने जोशीको दाबी छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी