ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बझाङका एक शिक्षकको तनहुँमा मृत्यु

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु
    Spread the love

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटना हुँदा २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो। मोटरसाइल दुर्घटना हुँदा सडक छेउमा लत्रिएको थ्रीफेज लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएका उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    बझाङको तलकोट गाउँपालिका वडा नम्बर–३ का बाल विकाश माध्यामिक विद्यालय धमेनाका निवर्तमान लेखापाल तथा हालसालै प्राथमिक तहको शिक्षक सेवा आयोगमा नाम निकालेर उनी तनहुँ गएका थिए। उनी विद्यालय छुट्टि भएपछि घर आउने क्रममा ग.१३ प–७०९ नम्बरको मोटरसाइल दुर्घटनामा परेको उपरीक्षक खाँणले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी