ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • बझाङमा १६७ एचआइभी सङ्क्रमित, ९५ जनामात्र औषधि सेवनमा

    बझाङमा १६७ एचआइभी सङ्क्रमित, ९५ जनामात्र औषधि सेवनमा
    Spread the love

    चैनपुर (बझाङ), कात्तिक १३ गते:_ बझाङ जिल्लामा हालसम्म १६७ जना एचआइभी सङ्क्रमित व्यक्ति फेला परेका छन्, जसमा ९५ जनाले मात्र नियमित औषधि सेवन गरिरहेका छन्।

    जिल्लास्थित सरोकारवालासँगको वार्षिक समीक्षा बैठकमा ग्लोबल फण्ड एचआइभी-टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले बझाङका विभिन्न गाउँपालिका र नगरपालिका अनुसार सङ्क्रमितको विवरण प्रस्तुत गरे। उनका अनुसार, सबैभन्दा धेरै केदारस्यूँ गाउँपालिकामा १९ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। यसैगरी, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिरमा आठ जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन्। जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जनाले औषधि सेवन गरिरहेको उनले बताए।

    पण्डितका अनुसार, “जिल्लामा देखिएका सबै सङ्क्रमित यहीँ नै छैनन्, कतिपय अन्यत्र गएकाले त्यहाँबाट नै नियमित औषधि सेवन गरिरहेका छन्।” चालु आर्थिक वर्षको पहिलो चार महिनामा १५,९४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जना नयाँ सङ्क्रमित फेला परेका छन्।

    सङ्क्रमितलाई सहयोग पुर्याउने उद्देश्यले परियोजना संयोजक लोकेन्द्र पन्तले समुदायका सीमान्तकृत वर्गका व्यक्तिहरूलाई शिक्षा, आर्थिक अवसर, र सामाजिक सुधारतर्फ जोड्दै काम भइरहेको बताए। “भूमिहीन, दलित, जनजाति, बालबालिका, महिला, पुरुषलगायत सीमान्तकृत समुदायका लागि हामीले विभिन्न सुधारात्मक कार्यक्रम लागू गरेका छौँ,” उनले भने। साथै, जिल्लामा लागू गरिएको कार्यक्रमअन्तर्गत एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ, र अस्थायी साधन वितरण गरिँदै आएको जानकारी पनि उनले दिए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी