ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना

    बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना
    Spread the love

     जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न बिक्री केन्द्र स्थापना भएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा स्वामिकार्तिक खापर गाउँपालिकाको सुईजिउलामा केन्द्रमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको हो ।

    खाद्यान्न बिक्री केन्द्रको स्थापनासँगै स्थानीयले एक दिन हिँडेर बोल्टो डिपो केन्द्रबाट खाद्यान्न किन्नुपर्ने बाध्यताको अन्त्य भएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।

    राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सर्वसाधारणलाई चामल हस्तान्तरण गरेर खाद्यान्न बिक्री केन्द्रको उद्घाटन गर्नु भएको हो ।

    बिक्री केन्द्रको स्थापना गर्नुहुँदै सूचना अधिकारी ओलीले दुर्गम ठाउँमा रहेको यो पालिकामा राज्यले छिटोभन्दा छिटो खाद्यान्न डिपो नै स्थापना गर्नु पर्ने बताउनुभयो ।

    यसभन्दा अघि स्वामिकार्तिक गाउँपालिका स्थानीयले घण्टौँ हिँडेर कोल्टी, पिलुचौरलगायतका बजारबाट महँगो मूल्यमा खाद्यान्न किन्नुपर्ने बाध्यता थियो ।

    गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्थानीयलाई बजारभन्दा सस्तो र सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगको सहकार्यमा गाउँमै पहिलो पटक खाद्यान्न बिक्री केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी