ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • बालाजुमा भव्यतताका साथ स्वागत तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पनन

    बालाजुमा भव्यतताका साथ  स्वागत तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पनन
    Spread the love

    काठमाण्डौ महानगरपालिका स्थित वडा न.१६ मा रहेको बालाजुमा स्कुल अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजीमा शैक्षिक सत्र २०८१/८२ मा भर्ना भएका डिप्लोमा तथा प्रि डिप्लोमा तहका विभिन्न कार्यक्रमका नव आगन्तुक प्रशिक्षार्थी तथा अभिभावकहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच शिक्षालयका प्रमुख ई.खुशीराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षालय सहायक रघुबर लाल जोशी ले स्वागत मन्तव्य राख्दै प्राविधिक शिक्षा गरिखाने शिक्षा हो, हाम्रो बालाजु स्कुलमा अध्ययन गरेका प्रशिक्षार्थीहरु स्वदेश तथा विदेशमा सीप सिकेर  आत्मा समानको पेशा अगाँलेको बताँउदै नव आगन्तुक विध्यार्थीहरुलाई एउटा सभ्य अनुशासित मानिसबाट मात्रै असल परिवार, समाज, समुदाय अनि सिङ्गै राष्ट्रको कल्पना गर्न सकिन्छ ।

    सबैले अध्यनको क्रमममा मात्रै नभई घरपरिवार सहपाठी संग पनि अनुशाशीत व्यवहार गर्न अनुरोध गरेका थिए ।  उक्त कार्यक्रममा डिप्लोमा ईन इलेक्ट्रीकल  इन्जिनियर विशाल पौडेल ले  आजको युगमा इलेक्ट्रीकल इन्जिनियर महत्वतको बारेमा प्रकाश पार्नु  भएको थियो ।  त्यस्तै मेकाट्रोनिक तथा वायोमेडिकल कार्यक्रमका संयोजक राजन शर्माले आजको बदलिँदो परिवेशमा .प्राविधिक शिक्षाले इन्जनियिरिङ, सूचना प्रविधि र स्थानीय सिपको प्रवर्धन र विकास जस्ता क्षेत्रमा सिपयुक्त दक्ष प्राविधिक जनशक्तिको बढ्दो मागलाई पूरा गर्दै बालाजु स्कुलले सिप विकासमा महत्त्वपुर्ण  भूमिका खेलेको बताए ।

    हातमा सिप भएको व्यक्ति स्वदेश वा विदेशमा रोजगारी प्राप्त गर्न सक्छ । प्रमाणपत्र तह अप्थालमिक साईन्स कार्यक्रमका संयोजक शुशील अधिकारीले  प्राविधिक शिक्षा अध्ययनका लागि बालाजु इन्जनियिरिङ कलेज रोज्ने सम्पुर्ण प्रशिक्षार्थीहरुलाई स्वागत तथा उज्जवल भविस्यको कामना गदै प्रमाणपत्र तह अप्थालिम साईन्स कार्यक्रम पुर्ण रुपमा नेत्र विज्ञानको उत्तम सीपहरू सहित मध्यम स्तरका नेत्र सहायक उत्पादन गर्ने कार्यक्रम रहेको बताए । उनले थप यो विषय अध्ययन गरेका विद्यार्थीहरुले साधारण आँखा विकारको निदान र व्यवस्थापन गर्न आवश्यक आधारभूत ज्ञान हासिल गरी निकट भविस्यमा समुदाय स्तरमा क्लिनिक संचालन गर्न सक्छन,अहिलेको परिवेशमा नेत्र स्वास्थ्य कर्मीको महत्व ज्याँदै छ,उनले भने । त्यस्तै प्रि डिप्लोमा मेकानिकल संयोजक कुल प्रसाद्ध तिमिल्सेना ले विध्यार्थीले मन्तव्यका क्रममा कविता मार्फत “विध्यार्थी फुल जस्तो फुल्न ,सौन्दर्य छर्नका लागि प्राविधिक शिक्षा आवश्यक छ, जसले व्यक्ति लाई आत्मनिर्भर बनाउने बताउँदै मेकानिकल इन्जिनियरको महत्त्वको बारेमा धारणा व्यक्त गरे ।

    शिक्षालयका प्रमुख खुशीराम अधिकारीले प्रशिक्षण दिँदै  वर्तमान समयको मागअनुसार विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने  सृजनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । हाम्रो यस बालाजु स्कुल अफ अफ इन्जिनियरिङ्ले उत्पादन गरेका दक्ष जनशक्तिहरु देशका गौरवका योजना, उद्योग कलकारखाना ,परियोजनामा रोजगार भएको बताए । भौतिक संरचना तथा विषयगत छुट्टा प्रयोगतामक कक्षाहरुका साथ प्राविधिक शिक्षा अध्यापन गराईने विद्यालयमा शिक्षण सिकाईका क्रममा विध्यार्थी र शिक्षकको सह अस्तितको भावना संगालेर विद्यार्थीहरुलाई पनि उत्सुक हुन् सुझाव दिँदै प्रत्येक कार्यक्रमका सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको शुल्क समेत मिनाहा हुने लेखा अधिकृत धुब्र बावु मरहटाले जानकारी दिए । प्रशिक्षक शिव कारन्जित ले संचालन गरेको कार्यक्रममा अन्य विभिन्न कार्यक्रमका संयोजकहरुले प्रशिक्षण गरेका हुन् । यस वर्ष बालाजु स्कुलमा २५० जना विद्यार्थी थपिएका छन् ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247