डोटी, कात्तिक २२ गते । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ । उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचनाअनुसार दिपायल सिलगढी नगरपालिका–३ दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ उप्रेसन गर्ने क्रममा औषधीको रियाक्सनले मृत्यु भएको हो ।
अप्रेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधीको रियाक्सनले बालिकाको ज्यान गएको बताइएको छ । उपचारका क्रममा चरम लापरबाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरू डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अविशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताउनुभयो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी