ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बेमौसमी तरकारी खेती सम्बन्धि ३ दिने तालिम सुरु

    बेमौसमी तरकारी खेती सम्बन्धि ३ दिने तालिम सुरु
    Spread the love

    सुखड,१२ मंसिर/
    कैलालीको घोडाघोडी नगरपालिका वडा १ सुखडमा तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ । निर्धन उत्थान लघुवित्त बित्तिय सस्थां शाखा कार्यलय सुखडको आयोजनामा आजबाट तालिम सुरु भएको हो ।
    तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले तालिमले तरबारी खेती गर्नेहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
    उहाले भन्नुभयो,पारिवारिक गरिबी न्यूनीकरण हुनु भनेको राज्यको गरिबी न्यूनीकरण हुनु हो नेपाल कृषि प्रधान देश भएकाले कृषि पेशाले गरिवि न्युनिकरण गर्न सहयोग पुग्छ ।
    तालिम लिएर मात्रै केहि नहुने बताउदै उहाले भन्नुभयो,सिकेको कुरालाई ब्यवहारमा लागु गर्नु पर्छ । तालिम लिईसकेपछि निरन्तरता दिने बानी नभएकोले राज्यको लगानी खेर गइरहेको समेत उहाले उल्लेख गर्नु भयो ।
    अर्को प्रसंगमा बोल्दै उहाले लघुबित्तहरु बाट कर्जा लिएर तिर्दैनौ भन्न नपाईने बताउनु भयो । ऋण दिदा संस्थाले बदमासी गरे कानुनी कारबाही तिर जानुपर्ने बताउदै उहाले भन्नुभयो, यसका लागि हामि सहयोग गर्छौ ।
    कार्यक्रम माथी प्रकाश पार्दै निर्धन उत्थान लघुवित्त बित्तिय सस्था सुखडका प्रमुख खेम कुमारी भण्डारीले लघुबित्तहरुले ऋृण लगानी गर्दै साना किसानहरुलाइ कृषिमा लगाउन उत्प्रेरित गरिरहेको बताउनु भयो । उद्यमशिल बनाउनका लागि बेमौसमी तरकारी खेती संगै आगामि दिनमा आवश्यकता अनुसारका कार्यक्रमहरु ल्याउने उहाले बताउनु भयो ।
    कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्त बित्तिय सस्था क्षेत्रीय कार्यलय अत्तरियाका प्रमुख बाबुराम कडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै व्यवसायिक तरकारी खेती गर्न तर्फ अग्रसर हुन सहभागिलाई जोड दिनुभयो ।
    राम प्रसाद देवकोटा प्रशिक्षक रहेको तालिममा घोडाघोडी नगरपालिका,भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका समूह सदस्यहरुको सहभागिता रहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी