बैतडीको पाटन नगरपालिका–८ मा बस दुर्घटना भएको छ। सोमवार राति १० बजे भे १ क ३१८ नम्बरको नेपालगञ्ज मेडिकल कलेजको बस अनारखोलिको तल्ले मोडमा दुर्घटना भएको हो। बसमा १७ जना सवार थिए। तीमध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरु बाँके नेपालगंज उपमहानगरपालिका १२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका बैतडीको खोड्पे प्रहरी चौकी इन्चार्ज गणेश बिकले जानकारी दिए।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेका इन्चाज बिकले बताए। अन्य सबै सकुसल रहेको बताइएको छ। नेपालगंज मेडिकल कलेजको टिम दार्चुलामा पाठेघरको सल्यक्रिया शिविर सञ्चालन गर्नका लागि आएको थियो। प्रहरीका अनुसार बस ओरालोमा ब्रेक फेल भएपछि सडकको भित्तामा ठोकिएर दुर्घटनामा परेको हो। बसमा रहेका मेडिकल उपकरण र औषधी सामाग्रीमा सामान्य क्षति पुगेको प्रहरीले बताएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी