ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बैतडीको सुर्नयाले कुपोषित बालबालिकाको खोजी गर्दै

    बैतडीको सुर्नयाले कुपोषित बालबालिकाको खोजी गर्दै
    Spread the love

    बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाको खोजी गर्दै छ। कुपोषित बालबालिकाहरुको जेड स्कोरिङ विधिबाट खोजी गर्ने कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ। पालिकाका प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

    जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार ल्याउने गरिएको महराले बताए। स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जागरुक गर्ने गरिएको छ।

    शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको महराले बताए। कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। 

    सुर्नया गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको हो। बालबालिका कुपोषित भएमा भोलिका दिनमा समस्या आउने भएकाले उनीहरुलाई समयमै पौष्टिक खाना र आवश्यक उपचारमा पहुँच पुगोस भनेर यो अभियान शुरु गरिएको हो। पालिकाका ८ ओटै वडामा यो अभियान सञ्चालन हुने बताइएको छ। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी