ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बैतडीको सुर्नयाले पनि सार्वजनिक बिदामा सेवा दिने

    बैतडीको सुर्नयाले पनि सार्वजनिक बिदामा सेवा दिने
    Spread the love

     बैतडीको सुर्नया गाउँपालिकाले पनि सार्वजनिक बिदामा सेवा दिने भएको छ। सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिने जनाएको हो। शनिबार बाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए।

    यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो। प्रशासनले सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका थिए। नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी