ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु 

    बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु 

    Share

     बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको  मेलौली नगरपालिका वडा नम्बर–३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

    घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको  थियो। गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राति मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए। बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री