ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी

    भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी
    Spread the love

    गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा जनक शिक्षा सामाग्री केन्द्रले सबै प्रादेशिक कार्यालय र पुस्तक विक्रेतालाई समयमै पुस्तक वितरण गरेको थियो । 

    बाजुराको बूढीगङ्गा नगरपालिका–१ स्थित धुरालसैन माविका कक्षा ९ का छात्र जीवन शाहीले गत वर्ष किताब नपाएर नै कक्षा ८ को परीक्षा दिएको थियो । यो वर्ष भने विद्यालयले भर्ना हुन आएकै दिन हातमा किताब थमाइ दिएपछि आफू निकै खुसी भएको बताउनुभयो ।

    उहाँले गत वर्ष किताब कहिले आउँला भन्दा भन्दै बाटो कुर्दै बस्नु परेको तर यो वर्षमा समयमै किताब पाएपछि शैक्षिक गुणस्तर वृद्धि हुने बताउनुभयो ।

    धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले किताव समयमै उपलब्ध गराउन सकेको बताउनुभयो  ।

    प्रविन एण्ड ललित स्टेश्नरी बाम्काका पुस्तक वितरण कर्ता टेकबहादुर थापाले, यो वर्ष जनक शिक्षा सामाग्रीले समयमै हामीलाई किताव उपलब्ध गराएपछि सोही अनुसार हामीले पनि विद्यालयलाई किताब वितरण गर्न सफल भएको बताउनुभयो ।

    यो वर्षमा कक्षा एक देखि दश कक्षाको सबै किताब समयमै उपलब्ध भएको बताउनुभयो ।

    बाजुराको त्रिवेणी, बूढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकामा सात हजार भन्दा बढी सेट किताब वितरण गरिसकेको थापाले बताउनुभयो ।

    बाजुराको हिमाली, स्वामिकार्ति, जगनाथ, बूढीनन्दा, गौमुल, बडिमालिका त्रिवेणी बूढीगङ्गालगायत २३७ वटा विद्यालयमा झण्डै ४५ हजार सेट किताब वितरण भएको पुस्तक बिक्रेताले बताएका छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी