ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • भीमदत्त राजमार्ग मर्मतमा बेवास्ता, ‘भ्यागुत्तेपानी’को सडक भासियो

    भीमदत्त राजमार्ग मर्मतमा बेवास्ता, ‘भ्यागुत्तेपानी’को सडक भासियो

    Share

    भीमदत्त राजमार्गले सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्छ। राजमार्गको प्रवेशद्धवार गोदावरी नगरपालिकाको ‘भ्याँगुत्तेपानी’को सडक भासिएको छ। २०७७ को साउनमा भासिएको सडक अझै मर्मत भएको छैन। सडक भासिएकाले मर्मत गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्राविधिक अध्ययन गरेको थियो। तर अध्ययन सफल नभएपछि सडक मर्मतको काम तीन वर्षदेखि अलपत्र छ।

    सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिक्देलले मर्मतका प्रयासहरु असफल भएको बताए। उनले भने, ‘मर्मत भएको हो। मर्मत भए पनि अवस्थामा सुधार आएन। हामीले जमिनको अध्ययन पनि गराएका हौ। जियोटेक इन्जिनियरहरुले रिपोर्ट दिएका छन। त्यो रिपोर्ट अनुसार नयाँ ठेक्का हुँदैछ।’ सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने सो राजमार्गको गोदावरीदेखि ३ किलोमिटर टाढा पाँच सय मिटर सडक भासिएको छ।

    भारी वर्षापछि आएको पहिरोले सडकमा क्षति पुगेको हो। तर मर्मतका लागि गरिएका प्रयासहरु असफल भएको दाबी छ। भ्यागुत्ते पानीको भासिएको सडक मर्मतका लागि जमिनको समेत अध्ययन गरिएको छ। इन्जिनियर सिक्देलका अनुसार ग्याबिन लगायतका संरचनाहरु भासिएका छन्। उनले भने, ‘कल्भर्ट पनि भासिएको छ। भत्किने अवस्थामा छ। जति काम गरे पनि सफल भएन। काम सफल नभएपछि विज्ञको टिम लगाएका हौ।’

    पहिरोका कारण अवरुद्ध सडकलाई सञ्चालन गरे पनि मर्मत भने गरिएको छैन। सो क्षेत्रमा बर्सातमा पानीको मात्रा धेरै भएकाले समस्या हुने गरेको छ। जमिनभित्र पानीको मात्रा धेरै भएकाले सडक मर्मतमा समस्या भइरहेको तर्क छ। जमिन मुनिको पानीको उचित व्यवस्थापनसहितको सडक मर्मतको प्रक्रिया थालिएको छ। जमिन मुनिको पानीको मात्रा कम गरेर नयाँ प्रविधि अनुसार सडक मर्मत हुँदैछ।

    सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर सिक्देलले जमिन मुनिको पानीको मात्रा धेरै भएकाले सडक मर्मतमा समस्या भएको बताए। उनले नयाँ प्रविधिको प्रयोग गरेर सडक मर्मत गरिने बताए। ‘५०/६० मिटर पानी निकासका लागि ड्रेन राख्दैछौ। पाइपहरु राख्छौ। जमिन भित्रको पानीको मात्रा कम गराउछौ। सोही कामका लागि ठेक्का खोलिएको हो।

    बर्सातको समयमा माथि आएकाले समस्या भएको हो। नयाँ ठेक्कामा सबै काम हुन्छ।’ सडक मर्मतका लागि पहिरोबाट जोगाउनुपर्ने देखिएको छ। चुरेको कमजोर भू–भाग पानीका कारण भासिएकाले मर्मतका लागि नयाँ ठेक्का गर्न सूचना सार्वजनिक गरिएको छ। २०७७ को साउनमा राजमार्ग भासिएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री