ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • भूकम्पबाट बच्न घरको छाना जस्तापाताले छाउँदै

    भूकम्पबाट बच्न घरको छाना जस्तापाताले छाउँदै
    Spread the love

     बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयले भुकम्पबाट बच्न भन्दै घरको छानामा रहेको सिलेट हटाउँदै जस्तापाताले छाउन थालेका छन् । पछिल्लो समय बाजुरामा पटक पटक भुकम्पको धक्का महशुस हुँदै गएपछि यहाँका स्थानीयले भुकम्पबाट जोगिन छानामा रहेका सिलेट हटाएर कर्कट पाताले छाउन थालेका हुन् ।

    ढुङ्गा र माटोले बनाएका दुई–तीन तले कच्ची घरमा भुकम्पले बढी क्षति हुनेगरेको भन्दै पछिल्लो समय यहाँका स्थानीयले एक तले घर बनाउने र त्यसको छाना कर्कटपाताले छाउनेगरेको स्थानीयको भनाइ छ । 

    बाजुराको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका स्थानीय पदम सार्कीले भन्नुभयो, “पहिले गाउँमा ढुङ्गा र माटोले बनेका तीन चार तले घर लगाउने चलन थियो । भुकम्पका कारण अहिले एक तले घर लगाउने र त्यसको छाना कर्कटपाता राख्ने गरेका छन् ।” 

    हिमाली, स्वामिकार्तिक, जगनाथ, बूढीनन्दा, गौमुल, बडीमालिका बूढीगङ्गा खप्तड, छेडेदह र त्रिवेणी नगरपालिका लगायत स्थानीय तहमा अधिकांश घर कच्ची भएकाले भुकम्प आउनेबित्तिकै क्षति हुनेगरेको छ ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुराका बाढीपहिरो विस्थापितका लागि निर्माण गर्ने घरको पनि चारै कुनामा सरिया राख्ने र त्यसमाथि डीपीसि गर्ने, छाना कर्कट पाताले छाउनेगरेको छ ।

    बाजुराको खप्तड छेडेदह गाउँपालिका आटिचौर, नाइना बुढाबाडा, डोगडी, जयवाग्यश्वरी, काँडा र बूढीगङ्गाका, बह्रमतोला, कुल्देवमाडौं, बाह्रविस, लगायतका गाउँबस्तीमा यतिबेला घर त के गाई भैसीको गोठ समेत कर्कटपाताले छाउनेगरेको रावतले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भुकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको थियो ।

    वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्रविन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको गएको सो भुकम्पले जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका २ कोट, कोटीका, रुम्दी, नाटी खोलालगायत टोलमा २३ वटा घर भत्किएका थिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी