ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता

    मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता
    Spread the love

    मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस प्रदेशमा आजदेखि भदौ २९ गतेसम्म मनसुनी प्रभाव रहन सक्ने भन्दै सम्बन्धित सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कृष्णप्रसाद नेपालले विज्ञप्ति जारी गर्दै सबै मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समितिहरू, स्थानीय तह तथा सरोकारवाला र स्थानीयवासी सबैलाई सतर्क रहन आग्रह गर्नु भएको छ ।

    मन्त्रालयले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा नदी र खहरे खोलामा पानीको सतह बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यसैगरी, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित ठाउँको विपत् व्यवस्थापन समिति र सरोकारवालालाई जानकारी गराउन आग्रह गरिएको छ ।

    बस्ती नजिक बाढी, पहिरो, डुबानको आकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन र विपत्मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ख्याल राख्न आग्रह गरिएको छ । सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई मन्त्रालयले निर्देशन दिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी