ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी

    मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी
    Spread the love

    बैतडी, कात्तिक ७ गते  । तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् । विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउने उद्देश्यले विद्यालयको अगुवाइमा  विद्यार्थीहरू मैनबत्ती बनाउन थालेका हुन् । विभिन्न शैक्षिक गतिविधिमा जिल्लाकै अग्रणी विद्यालय मानिएको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थी दसैँतिहारको बिदाको सदुपयोग गर्दै मैनबत्ती बनाइरहेका छन् ।

    विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउने उद्देश्यले विसं २०७३ देखि हरेक वर्ष तिहारमा मैनबत्ती बनाएर बिक्री गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो ।

    मैनबत्ती बनाउने सिपले बालबालिकालाई जीविकोपार्जनमा टेवा पुग्नुका साथै तत्कालका लागि विद्यालयको आन्तरिक आम्दानी पनि भइरहेको अध्यक्ष भाटले बताउनुभयो । मैनबत्तीबाट प्राप्त रकमले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । यो वर्ष डेढ क्विन्टल मैनबत्ती उत्पादन गरेर दुई लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य रहेको विद्यालयका कर्मचारी गोपाल महराले बताउनुभयो । उत्पादित मैनबत्ती स्थानीय खोड्पे बजार र पाटन नगरपालिकामा बिक्रीका लागि पठाउने तयारी भइरहेको छ । देउसी, भैलो, होलीलगायतका मौलिक चाडपर्वका बेला सिद्धेश्वर माविका शिक्षक, विद्यार्थी र कर्मचारीले संयुक्त रूपमा होली खेलेर पनि लाखौँ रुपियाँ जुटाउँदै आएका छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी