ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

    राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत
    Spread the love

    धनगढी, पुस २२ गते । कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो । प्राविधिक प्रहरी नायब निरीक्षक इन्जिनीयर महेशराज पन्तको कमाण्डमा खटेको प्रहरीको प्राविधिक टोलीले नौ थान सीसीटिभी क्यामेरा मर्मत गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सो कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानी, सडकपुर, बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा बिग्रेको थियो । बिग्रेका ती सीसीटिभी क्यामेरा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएका छन् । राजमार्गको विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराको मद्दतमा प्रहरीले साे क्षेत्रमा निगरानी गर्दै आएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी