ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • रानी–जमरामा १६ अर्ब २० करोड र महाकाली सिँचाइमा ४ अर्ब ४८ करोड खर्च

    रानी–जमरामा १६ अर्ब २० करोड र महाकाली सिँचाइमा ४ अर्ब ४८ करोड खर्च
    Spread the love

    आर्थिक वर्ष २०६७/६८ देखि सुरु गरिएको राष्ट्रिय गौरबको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ५८ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ५८ दशमलव ५ प्रतिशत मात्र देखिएको छ। १२ अर्ब ३७ करोड लागत तय गरिएको सो आयोजनाको नाममा अहिलेसम्म १६ अर्ब २० करोड खर्च भइसकेको छ। सो आयोजना लागत वृद्धिको चंगुलमा फस्दै गएको छ।

    आयोजनाको लागत बढेर हाल २७ अर्ब ५२ करोड पुग्ने आकलन छ। चालु आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको आयोजना पछिल्लो भौतिक तथा वित्तीय प्रगतिले पूर्वनिर्धारित समयसीमाभित्र सम्पन्न हुनेमा आशंका गरिएको छ।

    कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले शुरू भएको आयोजना रानी–जमरा–कुलरिया सिँचाई निर्माणको म्याद आव २०८०÷८१ मा सकिँदैछ। आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया गरी ३ खण्डमा काम भइरहेको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन।

    जमरा खण्डको कामले शुरूदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन्। त्यस्तै आर्थिक वर्ष २०६३/६४ बाट सुरु भएको महाकाली सिँचाइ आयोजनाको लागत ३५ अर्ब अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा २०७७/७८ सम्म ४ अर्ब ४८ करोड मात्र खर्च भएको छ।

    आयोजना अझै अपुरो अवस्थामा छ। राष्ट्रिय गौरवका आयोजना राज्यको योजना, विकास, समृद्धि र प्रतिष्ठासँग जोडिएको विषय हो। राष्ट्रिय गौरवको दज्र्यानी दिएका आयोजनाहरू सामान्यतः पाँच÷सात वर्षमा निर्माण सम्पन्न गर्न सकिने आयोजनाहरू हुन्। लागत तेब्बरसम्म वृद्धि भएको पश्चिम सेती, पञ्चेश्वर, कर्णाली–चिसापानी बहुउद्देश्य परियोजनाको निर्माण कार्य सुरुसम्म हुन नसकेको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी