ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बाजुराको नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन
    Spread the love

    बाजुरा, कात्तिक १ – राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित ऐतिहासिक नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। कार्यक्रममा उहाँले नेपालको समृद्धि, सुख, र शान्तिका लागि प्रार्थना गर्नुभएको छ।

    उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले परापूर्वकालदेखि नेपाली जनताले धार्मिक स्थलहरूमा पूजाअर्चना गर्दै मनोकामना पूरा हुने विश्वास गरेको चर्चा गर्नुभयो। उहाँले आफूले पनि सम्पूर्ण नेपाली जनताको समृद्धि र कल्याणको लागि देवीसँग प्रार्थना गरेको बताउनुभयो।

    राष्ट्रपति पौडेलले बाजुराको बडीमालिका क्षेत्रलाई नेपालको एक अनुपम तीर्थस्थलको रूपमा वर्णन गर्दै प्रकृतिको अनुपम छटा देखेर आफूलाई स्वर्गमै भएको अनुभव भएको बताउनुभयो। “मलाई बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लागेको छ,” उहाँले भने। साथै, उहाँले कृषि, पर्यटन, र विकासको ठूलो सम्भावना बोकेको यस क्षेत्रमा राज्यले उचित ध्यान दिने विश्वास व्यक्त गर्नुभयो।

    राष्ट्रपति पौडेलले बाजुराको धार्मिक, सांस्कृतिक, र प्राकृतिक धरोहरहरूको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यस पवित्र भूमिमा रहेका कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, चराचुरुङ्गीहरू तथा अमूल्य जडीबुटीहरूको संरक्षणको आवश्यकता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो।

    यसअघि, राष्ट्रपति पौडेलले बडीमालिका मन्दिरमा पूजाअर्चना गरी दर्शन गर्नुभएको थियो। उहाँले प्रथम महिला सबिता पौडेलसहित बाजुरास्थित प्रसिद्ध बडीमालिका मन्दिरमा पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको थियो।

    उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत आइपुग्नुभएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी