ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु

    विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
    Spread the love

    अविनाश चौधरी

    धनगढी, माघ ११ गते । कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।

    कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा चोट लागेका समीरको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

    बच्चाहरू विद्यालयको ग्राउन्डभित्र खेल्ने क्रममा हिजो साढे २ बजे विद्यालयको मुख्य गेट एक्कासि खसेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गेट खस्दा टाउकोमा गम्भीर चोट लागेका प्रवेशलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा ज्यान गएको जनाइएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी