धनगढी, मङ्सिर २३ गते । कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीस्थित ट्राफिक चौराहा र बोराडाँडीबाट अन्दाजी १० लाख ५३ हजारको बराबरको विभिन्न मोबाइलका कभर र किरानाको सामान बरामद गरिएको छ ।
यसैगरी, गोदावरी नगरपालिकाको बालुवाटारबाट अन्दाजी ३८ हजार मूल्य बराबरको स्पिकर, पम्पको वासर बरामद भएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी