ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • साफ वुमन्स च्याम्पियनसिप आजदेखि सुरुहुँदै, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    साफ वुमन्स च्याम्पियनसिप आजदेखि  सुरुहुँदै, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा
    Spread the love

    काठमाडौं — दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता *साफ वुमन्स च्याम्पियनसिप* आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे प्रतिस्पर्धा हुनेछ।

    भारतले पाँच पटकसम्म उपाधि जितिसकेको छ, तर पछिल्लो संस्करणमा सेमिफाइनलमा पराजित भएको थियो। यसपटक भारतीय टिमको लक्ष्य भने उपाधि जित्ने हो। भारतीय टिमलाई अशलतादेवीले नेतृत्व गरिरहेकी छिन्, जसले पाकिस्तानविरुद्धको खेलसँगै आफ्नो सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन्।

    अशलताले भनेकी छिन्, “पाकिस्तानविरुद्धको खेल हाम्रो लागि निकै महत्वपूर्ण छ। यसपटक हामीले उपाधि जित्नुपर्ने लक्ष्य राखेका छौं।”

    भारतको टिममा यसपटक सिनियर र जुनियर खेलाडीहरूको समिश्रण देख्न सकिन्छ। टिममा स्टार स्ट्राइकर बाला देवीको पुनरागमन भएको छ भने नयाँ प्रशिक्षक सन्तोष कश्यपले टिमको नेतृत्व गरिरहेका छन्। प्रशिक्षक कश्यपले टिमको प्रदर्शन राम्रो रहेको बताउँदै उपाधि जित्नको लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताए।

    समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै गत वर्षको विजेता बंगलादेश पनि रहेको छ। समूहबाट भारत र बंगलादेशलाई सेमिफाइनलमा पुग्ने बलियो सम्भावना देखिन्छ।

    पाकिस्तान टिममा भने अदिल रिज्की प्रशिक्षक र कप्तान मारिया खानको नेतृत्व यथावत् छ। प्रशिक्षक रिज्कीले भारतसँगको पहिलो खेल पाकिस्तानका लागि ठूलो अवसर भएको बताए। उनले भने, “पहिलो खेलमै भारत जस्तो ठूला टिमसँग प्रतिस्पर्धा गर्न पाउनु ठूलो कुरा हो। हामी यसलाई दबाबको रूपमा नभई उत्साहको रूपमा लिँदै खेल खेल्छौं।”

    मारिया खानको कप्तानीमा रहेको पाकिस्तानी टोली पनि च्याम्पियनसिपको लागि उत्साहित रहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी