ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमका १० स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन निर्माण

    सुदूरपश्चिमका १० स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन निर्माण
    Spread the love

    असोज ३ गते, धनगढी। सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा कृषि तथा पशु ल्याबसहितका एकीकृत भवन निर्माण सम्पन्न भएका छन्। यी भवनहरू स्थानीय तहका कृषि तथा पशु सेवा केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

    ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कोरिडोर कार्यालय डडेलधुराका प्रमुख डा. उत्तम आचार्यका अनुसार, डडेलधुराका चार, कैलाली र दार्चुलाका दुई/दुई, तथा बैतडी र डोटीका एक/एक पालिकामा यी भवनहरू निर्माण गरिएका हुन्। डडेलधुराको आलीताल, गन्यापधुरा, अजयमेरु, नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, कैलालीको गोदावरी र चुरे गाउँपालिका, तथा डोटीको जोरायल गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा कार्यालय भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।

    डा. आचार्यले सोमबार आयोजित ‘कार्यक्रम सार्वजनिकीकरण’ कार्यक्रममा असोज मसान्तसम्म भवनहरू सम्बन्धित पालिकालाई हस्तान्तरण गरिने बताउनुभयो। उहाँले दशैँतिहारको बिचमा यी भवनहरू हस्तान्तरण गरिने योजना रहेको बताउँदै, भवनमा कृषि तथा पशु ल्याबसहितको सुविधा रहने जानकारी दिनुभयो।

    हाल पालिकाका कृषि तथा पशु शाखाहरू एक कोठामा मात्रै सीमित छन्, जसले कार्यालयका काम मात्र सञ्चालन गरे पनि किसानका लागि आवश्यक सेवा प्रभावकारी रूपमा दिन सकेका छैनन्। ल्याबसहितको एकीकृत भवनले यस समस्या समाधान गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत, विश्व बैंक र नेपाल सरकारबीच २०७७ पुस ६ गते सम्झौता भएको थियो। यस आयोजनाले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका १७ वटा स्थानीय तहहरूमा ग्रामीण उद्यम र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

    आयोजनाको लागि आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ८४ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याइएको छ। रिडसँग सम्झौता भएका ३० वटा उत्पादक संस्थामा २४ कृषक समूह र ६ सहकारी संस्था रहेका छन्। यस आयोजनामा १५ जनाको कृषक समूहले कार्ययोजनासहित लगानी गरेपछि ५० प्रतिशत अनुदान उपलब्ध गराइन्छ, तर गरिब किसानले यसबाट लाभ लिन नसकेको देखिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी