सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गएराति साढे १ बजे चोरी भएको हो। कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको छ।
डिएसपी भट्टसहित प्रहरी टोली मन्दिर पुगि अनुसन्धान गरिरहेका छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले चाँदीका पुजाका सामान चोरी भएको बताएका छन्। मन्दिरमा सिसी क्यामेरा जडान गरिएको भए पनि पूर्ण रुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी