ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन
    Spread the love

    धनगढी, २६ पौष
    सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ ।

    देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जे.एस.पौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मा.डा. जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान गरिएको थियो ।

    नवनिर्मित कार्यसमिति
    अध्यक्ष– प्रेमनिधि ओझा, ऐश्वर्य विद्या निकेतन, कैलाली
    उपाध्यक्ष– डा. शंकरदत्त भट्ट, प्रभात विद्या निकेतन, कञ्चनपुर
    सचिव– महादेव भट्ट, राष्ट्रिय बाल विद्यालय, कञ्चनपुर
    कोषाध्यक्ष– करुणाकर पाण्डेय, जेसीस एभरेष्ट विद्यालय, कैलाली
    सदस्य– टेक ब. चन्द, सन्त निरंकारी स्कूल, कैलाली
    सदस्य– हिरण्य शर्मा, खड्ग मेमोरीयल स्कूल, कैलाली
    सदस्य– फणिन्द्र राज रेग्मी, विरेन्द्र विद्या मन्दिर, कैलाली

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी