ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेशको संशोधित बजेट अझै सार्वजनिक हुन सकेन, भदौ मसान्ततिर मात्र आउने तयारी

    सुदूरपश्चिम प्रदेशको संशोधित बजेट अझै सार्वजनिक हुन सकेन, भदौ मसान्ततिर मात्र आउने तयारी
    Spread the love

    धनगढी, भदौ २५ गते। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याउने तयारी गरिरहेको भए पनि अहिलेसम्म बजेट सार्वजनिक गर्न सकेको छैन। मन्त्रालयहरूबाट भएको ढिलाइका कारण बजेट सार्वजनिक गर्न विलम्ब भएको बताइएको छ। सरकारले भदौ ७ गतेबाट बजेट तयारी सुरु गरे पनि विभिन्न मितिमा बजेट सार्वजनिक गर्ने घोषणा गर्दा पनि हालसम्म प्रदेशको नयाँ बजेट सदनमा प्रस्तुत हुन सकेको छैन।

    आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार, भदौ मसान्तमा मात्रै बजेट सार्वजनिक हुन सक्नेछ। गोरखापत्रसँगको कुराकानीमा राज्यमन्त्री बमले मन्त्रालयहरूको ढिलाइका कारण बजेटमा समय लागेको बताउँदै, भदौ मसान्तमा यो काम सम्पन्न हुने जानकारी दिनुभयो।

    तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि प्रदेश दुई महिनादेखि बजेटविहीन अवस्थामा छ। अध्यादेशमार्फत राजस्व सङ्कलनको बाटो खोले पनि चालु र पुँजीगत खर्च ठप्प भएको छ। नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वमा नयाँ सरकार बनेको एक महिना बितिसक्दा पनि सरकारले चाँडो बजेट ल्याउन सकेको छैन।

    गत असार १ गते सदनमा पेस भएको बजेटलाई आंशिक संशोधन गरेर चालु आवको लागि बजेट तयार गर्ने योजना रहेको छ। आर्थिक मामिला मन्त्रालयका अनुसार, बजेट पुनर्लेखन नगरी आंशिक परिमार्जन गरी ल्याइनेछ। असार १ गते तत्कालीन सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट पेस गरेको थियो, तर राजनीतिक समीकरणका कारण बजेट पास हुन सकेन।

    प्रदेश सरकारले यसअघि बजेटको आधार सुधार गर्ने प्रयास गरेको छ, जसमा व्यक्ति, संस्था वा समूहलाई तोकेर बजेट विनियोजन नगर्ने र उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247