सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार सेवा पाउन बिरामीलाई झनझन सकस हुँदै गएको छ।
उपचारका लागि सेती प्रादेशिक अस्ताल पुगेका बिरामीले सहज रुपमा उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन्। उपचारका लागि भर्ना भएका बिरामीको चेकजाँचमा लापरबाही हुने गरेको बिरामीका आफन्तको गुनासो छ। समयमा चिकित्सक नआउने अवस्थाका कारण झनै सास्ती खेप्नु परेको बिरामी कुरुवा सन्तोष खड्काले गुनासो गरे।
सेतीमा उपचार पाउनै कठिन हुने गरेको बिरामीको गुनासो छ। सेतीको रेडियोलोजी विभागमा उपचार सहज नभएको भन्दै बिरामीको भीड जम्मा भएको छ। उपचारका लागि घण्टौ पालो कुर्नु पर्दा पनि चिकित्सको मुख देख्न समेत पाउने अवस्था नभएको बिरामीका आफन्तले बताएका छन्। उपचारमा निकै लापरबाही भइरहँदा पनि अस्पताल प्रशासनले चासो दिएको छैन्।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247