ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

    स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
    Spread the love

     घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।

    स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पहिलो पटक स्यालमा रेबिज परीक्षण गरेको हो ।’ 

    स्यालले टोकेपछि सो क्षेत्रमा रेबिज देखिएका दर्जनौँ घरपालुवा पशु यसै वर्ष मरेको डा. जोशीले बताउनुभयो । ‘यो जटिल समस्या बन्दै गएको छ’, उहाँले भन्नुभयो । स्यालका कारण स्थानीय त्रसित छन् ।  

    कैलाली, कञ्चनपुर दुवै जिल्लामा पशुहरूमा रेबिज देखापरेको छ । पछिल्लो दुई/तीन महिनाको अवधिमा गाई, भैँसी, बाख्रा, कुकुर र स्यालमा गरी २२ वटा रेबिज अन्वेषण गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जानकारी दिएको छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी