ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • स्वर्गीय नेता रिजालको सम्मानमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न

    स्वर्गीय नेता रिजालको सम्मानमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न
    Spread the love

    तिर्थ नेपाली

    २१ भदौ, काठमाडौं।नेपाली कांग्रेसको तर्फबाट काठमाडौ महानगरपालिका वडा नं.१६ वडा अध्यक्ष स्वर्गी नेता मुकुन्द रिजालको स्मृतिमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

    शुक्रबार काठमाडौमा रहेको बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीको चौरमा लोकतन्त्रवादी विध्यार्थीहरुको संगठ्न नेविसंघ बालाजु इकाई सभापति बिनोद रावलको निर्देशनमा ओखर,कागती,अम्बा , सल्लो लगायतका २० वटा बिरुवाहरु रोपेको प्रनब अर्याल बताए ।

    हक्की निडर स्वभावका स्वः रिजाल काठमाडौं काँग्रेस भित्र मात्रै होइन इतर पक्ष मा पनि त्यतिकै लोकप्रिय थिए। भेदभाव रहित ब्यबहार उनको शैली र काम गर्ने आफ्नै शैलीले पनि जनता माझ अत्यन्तै लोकप्रिय बन्दै गएका थिए र सबैले भाबि मेयर का रुपमा पनि लिने गर्थे।तर अफसोच काल निष्ठुरी बनि आयो र चुडेर लग्यो स्वर्गीय नेता रिजालको आत्माको शान्तिका र स्मरण लागि वृक्षारोपण गरिएको हो ।

    बालाजु कर्मचारी एकाई कमिटी अध्यक्ष सुदन भक्त अधिकारीले जानकारी गराए ।वृक्षारोपण कार्यक्रममा कर्मचारी संघका केन्द्रिय सदस्य पारस पाठक कर्मचारी संघ बालाजुका सचिव विशाल पौडेल लगाएतको उपस्थिति रहेको थियो ।ंदुवै फोक्सोमा सिभियर निमोनिया भाइरस भए पछी अध्यक्ष पदमै रहेका बेला उनको निधन भएको थियो ।

    रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा भदौ २१ गते उनको निधन भएको थियो । स्पष्ट वक्ताका रूपमा परचिति रिजाल कार्यपालिका अन्तर्गतको पूर्वाधार समतिकिो संयोजक रहेका थिए । महानगर प्रमुख बालेन शाहसँग सवाल जवाफ गरेपछी चर्चामा आएका थिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी