ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • १२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन,

    १२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन,
    Spread the love

    काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ ।

    त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

    त्यसैगरी उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ८ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन समितिका सदस्य सचिव डा. पशुपति अधिकारीले जानकारी दिए ।

    क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचनको सम्भावना न्यून भएको छ ।

    त्रिवि पनि अब स्ववियु निर्वाचन नगराउने मुडमा छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव डा. अधिकारी अब बाँकी क्याम्पसमा स्ववियु निर्वाचन नहुने बताउँछन् । ‘अब चुनाव अवधि एक दिन बाँकी छ । विद्यार्थी संगठनहरुबीच सहमति हुन सकेको छैन । त्यसैले अब सम्भावना सकियो । अब चुनाव हुँदैन । त्रिविले परीक्षा, भर्ना गर्नुपर्छ । सधैंभर निर्वाचन गराएर मात्रै त हुँदैन ।’

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी