ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • इजरायलमा रहेका ११९ नेपाली विद्यार्थीलाई स्थानान्तरण गरिँदै छ: कृषि विश्वविद्यालय

    इजरायलमा रहेका ११९ नेपाली विद्यार्थीलाई स्थानान्तरण गरिँदै छ: कृषि विश्वविद्यालय
    Spread the love

    शालिग्राम नेपाल

    असोज २२ गते । इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले  जानकारी दिएको छ ।

    विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै  ती विद्यार्थीलाई  स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिनु भएको छ ।

    कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल रहेका छन् उहाँले भन्नू भएको छ “इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ ।  “ विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको  विज्ञप्तिमा मार्फत जानकारी दिनु भयो ।

    विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल स्थित इजरायलको राजदूतावास एवम् इजरायल स्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ ।

    यस अवस्थामा हामी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरू अपनाउन र सजक रहन अनुरोध गरिरहेका छौँ ।’

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी