ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

    बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

    Share

    बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।

    बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्। ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि नाबालक फरार भएका थिए।

    करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतवार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताएको छ।

    बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरिक्षक भरत शाहले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री