ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी, दुई महिलासहित ७ जना पक्राउ

    कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी, दुई महिलासहित ७ जना पक्राउ
    Spread the love

    कञ्चनपुर वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ। जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ तस्करी हुँदै आएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ४९ गोलिया र चार चौपट काठ बरामद गरिएको छ। साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको हो।

    अबैध काठमा संलग्न रहेको भन्दै प्रहरीले दुई महिला र पाँच पुरुष गरी ७ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको छ। त्यस्तै अवैध काठसहित एक थान ट्याक्टर र पाँच थान मोटरसाइकल नियन्त्रणमा लिएर वन कार्यालय देखतभुली, बाणी र महेन्द्रनगरमा बुझाएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले २०७९ साउन ११ गते कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट ८ फिट ८ इन्च लम्बाई, तीन फिट चौडाई र ७ फिट दुई इन्च लम्बाई तथा दुई फिट ८ इन्च चौडाई भएको दुई थान चितुवाको जस्तो देखिने टाटेपटे वस्तु समेत बरामद गरेर अनुसन्धान भइरहेको छ।

    कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न अपराधमा संलग्न तर फरार २०७८ सालमा ६३ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ भने २०८० को असार मसान्तसम्म थप ७२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको तथ्यांक छ। काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी जिल्लाभित्र बढ्दै गएको स्थानीयको गुनासो छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी