धनगढीः सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ७ विद्यार्थीको मृत्यु भएको छ।इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परेर सुदूरपश्चिमबाट गएका ७ नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ। मृत्यु हुने सबै छात्र हुन्। इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरेर मृत्यु भएको पुष्टि गरेको छ।
सो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरू पठाएको थियो। जसमध्ये ११ जना छात्रा छन्। उनीहरू बसेको क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ। ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो।
३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन्। परराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधिसभाको आइतबारको बैठकमा सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताएका थिए। परराष्ट्रमन्त्री साउदले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किवुज अलुमिन भन्ने स्थानमा अध्ययनरत हुन्।’ अहिलेसम्म कुल १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पृष्टि भएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी