ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • सरस्वती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण सुरू, राज्यमन्त्री बमबाट शिलान्यास

    सरस्वती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण सुरू, राज्यमन्त्री बमबाट शिलान्यास
    Spread the love

    सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीस्थित सरस्वती आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण हुने भएको छ। शनिबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले वैदिक विधिपूर्वक पूजा गरी भवनको शिलान्यास गरेका हुन्।

    भवन शिलान्यास गर्दै राज्यमन्त्री बमले बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालयलाई स्तरीय बनाउन सबैको दायित्व रहेको बताए। उनले भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए। सामुदायिक विद्यालयलाई विश्वासको केन्द्र बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए।

    हटिनाथ निर्माण सेवा दार्चुलाले २१ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माणको जिम्मा पाएको छ। आगामी २०८२ असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो भवन बनेपछि विद्यार्थीहरूलाई सहज र आधुनिक शिक्षाको वातावरण मिल्ने विश्वास गरिएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णा प्रसाद गौतम विशिष्ट अतिथि थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको सहभागिता थियो। विद्यालय व्यवस्थापन समितिका सदस्य ईश्वर परियारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक भवानी गौतमले गरेकी थिइन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी