ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • एसइई २०८१ नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    एसइई २०८१ नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Spread the love

    काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक भएको हो ।

    यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

    यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

    परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।

    एसइईको वेबसाइट बाहेक परीक्षार्थीले एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।  नतिजाका लागि ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरेर त्यहाँ दिएको   निर्देशनअनुसार सिम्बोल नम्बर दिएरसमेत नतिजा हेर्न सकिने छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी