


कैलालीको सुखडमा त्रिपालमा हाटबजार सञ्चालन गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा सञ्चालित कृषि हाट बजारका कृषकहरूलाई सामाग्री वितरण गरीएको हो।
व्यवसायीक सेवा प्रदायक सञ्जालका संयोजक तथा कृषि शाखा प्रमुख जनकसिह धामीले कृषकहरूलाई सामाग्री वितरण गरेका हुन्। ६० जना कृषकहरूलाई एक÷एक थान त्रिपाल र क्रेट वितरण गरीएको हो। अस्थाई रुपमा संचालन भइरहेको कृषि हाट तथा थोक बजारका कृषकहरूलाई विक्री वितरणमा केही राहत पुगोस् भन्ने उद्देश्यले त्रिपाल र क्रेट वितरण गरीएको बताईएको छ।
स्थायी टहरा नहुँदा कृषकहरू त्रिपाल टाँगेर आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गरीरहेका छन्। सुखडमा हरेक हप्ताको शनिवार र मङ्गलवार कृषि हाट बजार लाग्ने गर्दछ। मङ्गलवार भने गाउँका कृषकहरूले आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्छन् भने शनिवार सुखड बजार लगायत बाहिरका व्यापारीहरू र कृषकहरूले कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्ने गरेका छन्। एक दिनको हाट बजारमा करिब ७० देखी ८० कुण्डल बराबरको तरकारी विक्री वितरण हुने गरेको हाट बजार समितिले जनाएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी