कैलालीको सुखडमा त्रिपालमा हाटबजार सञ्चालन गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा सञ्चालित कृषि हाट बजारका कृषकहरूलाई सामाग्री वितरण गरीएको हो।



व्यवसायीक सेवा प्रदायक सञ्जालका संयोजक तथा कृषि शाखा प्रमुख जनकसिह धामीले कृषकहरूलाई सामाग्री वितरण गरेका हुन्। ६० जना कृषकहरूलाई एक÷एक थान त्रिपाल र क्रेट वितरण गरीएको हो। अस्थाई रुपमा संचालन भइरहेको कृषि हाट तथा थोक बजारका कृषकहरूलाई विक्री वितरणमा केही राहत पुगोस् भन्ने उद्देश्यले त्रिपाल र क्रेट वितरण गरीएको बताईएको छ।


स्थायी टहरा नहुँदा कृषकहरू त्रिपाल टाँगेर आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गरीरहेका छन्। सुखडमा हरेक हप्ताको शनिवार र मङ्गलवार कृषि हाट बजार लाग्ने गर्दछ। मङ्गलवार भने गाउँका कृषकहरूले आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्छन् भने शनिवार सुखड बजार लगायत बाहिरका व्यापारीहरू र कृषकहरूले कृषि जन्य उत्पादनहरू विक्री वितरण गर्ने गरेका छन्। एक दिनको हाट बजारमा करिब ७० देखी ८० कुण्डल बराबरको तरकारी विक्री वितरण हुने गरेको हाट बजार समितिले जनाएको छ।









