घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् ।
घाइते गणेशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । शिशुको बायाँतिरको शरीर जलेको बताइएको छ । आइतवार बेलुकी करिब ७ बजेर १५ मिनेटतिर घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको अछाम प्रहरीको भनाइ छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी