भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार विद्युतको मेन लाइनबाट तार तानेर सुन खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर भाटको मृत्यु भएको हो ।
शनिवार साँझ करिब ६ः०० बजेको समयमा विष्ट करेन्ट लागेर बेहोस भएपछि उपचारका लागि लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी